कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन



काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दीमा रहेको शाखा कार्यालय स्थानान्तरण गरिएको छ।

ग्राहककोे माग तथा सुविधालाई मध्यनजर गरी शुक्लागण्डकी नगरपालिकाकै वडा नं. ४ दुलेगौँडामा शाखा स्थानान्तरण गरी आज आइतबारबाट सञ्चालनमा ल्याइएको छ। यो स्थानान्तरित शाखाको बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा गरेका छन्।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १७:०२