राम्रो काम गर्ने कर्मचारीले डराउनु पर्देनः मन्त्री केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राम्रो काम गर्ने कर्मचारीले डराउनु पर्देनः मन्त्री केसी



pic 3काठमाडौं , ७ असोज । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राम्रो काम गर्दा मन्त्री संगै हुने भावना लिएर अघि बढ्न  र संस्थागत रुपमा चल्ने प्रबृत्ती वसाल्न निर्देशन दिएका छन । आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नरहने तर गलत काम गर्ने प्रबृत्ती आफ्नालागि सह्य नहुने समेत मन्त्री केसीको भनाई थियो ।

शुक्रवार अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समितिको निरिक्षणका क्रममा कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री केसीले लोकतन्त्रको आधारस्तम्भका रुपमा पारदर्शीतालाई लिईने भएकाले संस्थागत कृयाकलापहरु पारदर्शी वनाउनुपर्नेमा जोड दिए । त्यसक्रममा मन्त्री केसीले राष्ट्रिय पहिचानको मुख्य आधार नदी सभ्यता भएकाले वागमति सभ्यताको संरक्षण र सम्वद्र्धन र एकिकृत बिकासका लागि  लक्षित कार्यक्रमहरु दु्रतमार्गवाट अघि बढाउनुपर्ने वताए । स्थानीय समुदायसँगको समन्वयमा वागमति सभ्यता संरक्षणका लागि सार्थक प्रयत्न गरिने वताउँदै मन्त्री केसीले यसमा देखिएका राजनीतिक लगायतका समस्याहरु समाधान गर्न कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यसक्रममा मन्त्री केसीले वागमति सभ्यता संरक्षणका लागि स्थानीय तहमा देखिएका अतिक्रमण,ढल निकास लगायतका समस्या समाधान गर्ने आवश्यक प्रकृया अघि बढाईने वताउँदै सम्वद्ध निकायहरुको एकिकृत समन्वयमा जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी परिणाममुखी काम गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यसक्रममा मन्त्री केसीले सरकारले  आर्थिक वर्ष २०६५÷२०६६ को वजेट वक्तव्य मार्फतनै काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुमा हुने रजिष्ट्रेसन वापत उठ्ने रकमको ० दशमलव ०५ प्रतिशत रकम वागमति सभ्यताको एकिकृत विकासका लागि उपलब्ध गराउने निर्णय गरेपनि हाल सम्म प्राप्त हुननसकेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको वताउँदै यसका लागि आफूले बिशेष पहल गर्ने समेत वताए ।
त्यसक्रममा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा , अधिकार सम्पन्न वागमति सभ्यता एकिकृत विकास समितिका अध्यक्ष किशोरकुमार शाक्य, समितिका सदस्यसचिव राजेशप्रसाद सिंह लगायतले समितिले संचालन गरेका कार्यहरु,आगामी कार्ययोजना तथा समस्या र चुनौतिहरुका वारेमा जानकारी गराए ।

प्रकाशित : ७ आश्विन २०७३, शुक्रबार १६:२१