संकटा सहकारीको एटिएम सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संकटा सहकारीको एटिएम सेवा



14463865_1194012024003559_812710944_nकाठमाडौं । संकटा बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अनुमानित बजेट तथा कार्यक्रम लगायतका विभिन्न निर्णयहरु पारित गरेको छ ।
शुक्रबार सम्पन्न साधारणसभामा उद्योग मन्त्री नविन्द्र राज जोशीको प्रमुख आतिथ्यता र सहकारी बैंकका प्रवन्ध संचालक केबी उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।

14470728_1194012050670223_1969985575_n
संस्थाले ठूलो उतार चढाब पनि पार गर्दै सहकारीहरुको माझमा संकटालाई छुट्टै पहिचान बनाउन सकेको संस्थाका अध्यक्ष उत्तम बहादुर सिंहले बताए । बचत तथा ऋणमा मात्र केन्द्रीत नभई संकटा चालक लाई मालिक बनाउने उद्देश्यले सफा टेम्पोमा लगानी, सुपथ मुल्य पसल संचालन, नयाँ नयाँ प्रविधि, संचारमा लगानी लगायतका काममा अगाडी रहेको जानकारी दिए ।  आर्थिक वर्ष २०७२ ०७३ मा संस्थाको शेयर पूँजी तर्फ ५ करोड ४ लाख ८ हजार रहेको छ । अषाढ मसान्त सम्म संस्थाले ८८ करोड ७४ लाख १२ हजार निक्षेप संकलन गरेको छ भने लगानी ६८ करोड ३७ लाख ६१ रहेको छ ।

14470944_1194012070670221_2099037511_n

एटिएम सेवा सुरु

संकटा सहकारीले सदस्यहरुको सुविधाको लागि नेपालै पहिलो पटक एटिएम सेवा शुरु गरेको छ । सहकारीले लक्ष्मी बैंकसंगको सहकार्यमा माइक्रो एटिएम मोबाईल सेवा शुरु गरेको हो । शुक्रबार सम्पन्न संस्थाको १७ औं बार्षिक साधारणसभाबाट यस सेवाको शुरु गरिएको हो ।

संस्थाका प्रवन्ध संचालक विन्देश्वर श्रेष्ठका अनुसार अब सदस्यहरुले सहकारीको हरेक कारोबार आफ्नै मोबाईलबाट गर्न सकिने पनि जानकारी दिए ।

प्रकाशित : ९ आश्विन २०७३, आईतवार ०२:३०