सुनचाँदीको भाउ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको भाउ घट्यो



काठमाडाैं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ ।

हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहीबार ११:३७