कसले कति पाए तामाकोशीको सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कसले कति पाए तामाकोशीको सेयर ?



काठकाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बाँडफाँड भएको छ । आयोजनाको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषले आज साँझ एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरेको हो ।

कर्मचारी सञ्चय कोषका बचतकर्ताले ५० कित्ता देखि २ सय ९३ कित्तासम्म सेयर पाएका छन् । उनीहरुले न्युनतम ५० देखि ५ हजार कित्तासम्म सेयर माग गरेका थिए । १ लाख ९१ हजार ९ सय ५९ जना सञ्चय कर्ताले सेयर पाएका छन् ।

आयोजनामा ऋण लागनी गर्ने राष्ट्रिय बीमा संस्थानका कुल कर्मचारीलाई ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर दिइएको छ भने नेपाल टेलिकमका कर्मचारीलाई ९ लाख १४ हजार ९ सय ७६ कित्ता सेयर दिइएको कोषले जानकारी दिएको छ ।
यसैगरी संचय कोषका कर्मचारीलाई कुल १५ लाख २४ हजार ९ सय ६० कित्ता सेयर वितरण गरिएको छ । भने त्यस्तै नागरिक लगानी कोषका कर्मचारीले ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र माथिल्लो तामाकोशी आयोजनाका कर्मचारीले भने ५० देखि ४ सय २३ कित्ता सेयर पाएका छन् । सेयर नपर्ने आवेदकहरुलाई आगामी असार ३ गते देखि पैसा फिर्ता गरिने कोषका कार्यकारी अधिकृत रामकृष्ण पौडलले जानकारी दिए । सेयरको सम्पुर्ण जानकारी www.nlk.org.np मा गएर हेर्न सकिनेछ । दोलखावासीका लागि छुट्याइएको १ करोड ५ लाख ९० हजार कित्ता सेयर भने केही समय पछि विवरणपत्र प्रकाशन गरी निष्काशन गरिने छ ।

प्रकाशित : २९ जेष्ठ २०७२, शुक्रबार १६:१७