तिलकले जिते आईएमईको युएम स्कुटर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिलकले जिते आईएमईको युएम स्कुटर



Mnemonic-696x388.jpg.pagespeed.ce.dwt8CZRFBAकाठमाडौं,  १० असोज। रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत पहिलो हप्ताको भाग्यशाली विजेता घोषणा गरेको छ ।

कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट ३७ हजार ८१ रुपैयाँ पठाएका आईएमई सेवाग्राही तिलक बहादुर श्रेष्ठ बिजेता भएका हुन् । बिजेताले सिफारिस गरेको नेपालमा हुने आफन्तले पुरस्कार प्राप्त गर्न सक्नेछन् । फेसबुक लाईभ मार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रममा आईएमईका प्रवन्ध निर्देशक हेम राज ढकालको उपस्थिती रहेको थियो ।

यहि असोज १ गतेदेखि ३० गतेसम्म एक महिना गर्न लागिएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १ सय ४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउनेछन् । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

प्रकाशित : १० आश्विन २०७३, सोमबार ०७:१२