भूकम्प पीडितले ३ लाख पाउने, दोश्रो किस्तामा डेढ लाख र तेश्रोमा १ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्प पीडितले ३ लाख पाउने, दोश्रो किस्तामा डेढ लाख र तेश्रोमा १ लाख



काठमाडौं १० असोज । सरकारले भूकम्प पीडितलाई घर बनाउन ३ लाख रुपैयाँ दिने भएको छ। आज बसेको पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो। भूकम्प पीडितले पहिलो किस्ता ५० हजार, दोश्रो किस्तामा १ लाख ५० हजार र तेश्रो किस्ता १ लाख रुपैयाँ पाउने भएका छन्। भूकम्प पीडितलाई १ लाख रुपैयाँ थप्ने कुरा भएको छ किस्ता पनि निर्धारण भएको छ।

dsc1226-848x478_B5WeuVLhPI

पहिलो किस्ता ५० हजार, दोश्रो किस्ता १ लाख ५० हजार र तेश्रो किस्ता १ लाख गर्ने निर्णय भएको छ’ प्राधिकरणका सिइओ सुशील ज्ञवालीले बैठकपछि भने। सरकारले १ लाख रुपैयाँ थप अनुदान दिँदा शौचालय, बायोग्यास वा सोलार राख्ने ब्यवस्था गर्ने तयारी गरेको छ। यसबारेमा कार्यविधि तयार भइसकेको र त्यसलाई कार्यकारी समितिबाट अगाडि बढाएर छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गर्ने सिइओ ज्ञवालीले बताए। भूकम्प पीडितलई अनुदान रकम दिन आवश्यक रकम जुटाउन अर्थ मन्त्रालयसँग छलफल गरिने उनले जानकारी दिए। ‘तेस्रो किस्ताको रकममध्येबाट २५ हजार रुपैयाँ शौचालय, बायोग्यास र सोलरका लागि प्रयोग गर्ने गरी उपलब्ध गराउने निर्णय भएको छ’ निर्देशक समितिको निर्णयमा भनिएको छ।

प्रकाशित : १० आश्विन २०७३, सोमबार १४:४१