सानिमा क्यापिटल औपचारिक रुपमा संचालनमा आयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा क्यापिटल औपचारिक रुपमा संचालनमा आयो



636105031473281250काठमाडाै  १० असोज । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल सोमबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चार्य (महजोडी) ले उद्घाटन गरेका हुन । क्यापिटलले धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर सञ्चालनको अनुमति पाए लगत्तै केही सेवाहरु समेत संचालनमा ल्याएको थियो।

क्यापिटलले आरटिएस, अन्डर राइटिंग, इस्यु म्यानेजर र पोर्टफोलियो म्यानेजमेन्टको काम यस अघिनै थालिसकेको छ । क्यापिटलले मर्चेन्ट बैकले दिने सबै किसिमका सेवा प्रदान गर्ने बताएको छ ।

नक्सालस्थित सानिमा बैंकको मुख्य कार्यालयमा रहेको क्यापिटलले सानिमा बैंकले गर्दै आएको निक्षेप सदस्यको सेवा पनि लगानीकर्तालाई दिनेछ । डिम्याट खाता खोल्ने, शेयर डिम्याट गराउने सेवा लगानीकर्ताले क्यापिटलबाट पाउने छन । साधारण शेयर, नयाँ शेयर तथा हकप्रद निष्काशनका लागि काम गर्दे आएका कम्पनीहरुले अर्को प्रतिस्पर्धी पाएका छन् ।

पूर्ण रुपमा सानिमा बैंककै लगानीमा सञ्चालनमा आएको क्यापिटलको चुक्ता पूँजी ११ करोड रहेको छ भने १५ करोडसम्म बिस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : १० आश्विन २०७३, सोमबार १५:४८