विश्वभरका बचत तथा ऋण सहकारीको बारेमा जानकारी दिने मोबाईल एप सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्वभरका बचत तथा ऋण सहकारीको बारेमा जानकारी दिने मोबाईल एप सार्वजनिक



woccuकाठमाडौं  १० असोज । विश्व ऋण परिषद् (ओक्कु)ले विश्वभरका क्रेडिट युनियन (बचत तथा ऋण सहकारी) को बारेमा जानकारी दिने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको छ ।

आफ्ना सदस्य राष्ट्रहरुका क्रेडिट युनिनहरुको बारेमा जानकारी दिने उद्देश्यले एप संचालनमा ल्याएको हो । एपको बारेमा प्रचार प्रसार, सेयर, कमेन्ट गर्ने व्यक्तिलाई आगामी डिसेम्बरमा अस्ट्रियाको भियनामा हुने एक सम्मेलनमा भाग लिने अवसर मिल्ने ओक्कुले बताएको छ ।

यो एपलाई विश्वभर फैलाउनको लागि ओक्कुले यस्तो शैली अपनाएको हो । एपमा आफ्नो अकाउण्ट खोलेर जति बढी प्रयोग गर्यो उसैको बढी नम्बर आउँछ । जति बढी नम्बर आयो उसैले सम्मेलनमा भाग लिने अवसर मिल्ने ओेक्कुले जनाएको छ । – एजेन्सी

प्रकाशित : १० आश्विन २०७३, सोमबार १६:१६