बजेटको आकार घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटको आकार घट्यो



काठमाडाैं । सरकारले राजस्व संलग्न लक्ष्य पुरा हुने बताए पनि बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गरे छन् ।

बजेटको आकार ८६ अर्बले घटाएका शर्माले सात प्रतिशतको आर्थिक बृद्धि भने हाँसिल हुने दाबी प्रस्तुत गरेका छन्। अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरे बजेट संशोधन गरेको हो ।

अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १५:१९