सहकारी मन्त्रालयमा सचिव फेरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी मन्त्रालयमा सचिव फेरिए



काठमाडाै । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलिया आएका छन्। पछिल्लो मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ भने सार्वजनिक खरिदकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाइएको छ ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय(प्रविधि)सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमीला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

केही समय अघि प्रधानमन्त्री कार्यालय पुगेकी यमकुमारी खतिवडाको स्वास्थ्य मन्त्रालयमा गरिएको काज फिर्ता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमै राखिएको छ ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १८:१७