अब सहकारीबाट पाईन्छ बिना धितो १० लाख सम्म ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब सहकारीबाट पाईन्छ बिना धितो १० लाख सम्म ऋण



काठमाडाै । बचत कर्ताहरुलाई आकर्षित गर्न सहकारीले बिभिन्न योजनाहरु ल्याउन थालेका छन् । काठमाडाैको चन्द्रागिरिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले बिना धितो ऋण दिने योजना सार्वजनिक गरेको छ ।

आफ्ना सदस्यहरुलाई उनीहरु संलग्न विशिष्ट पेशाका आधारमा ‘प्रोफेसनल ऋण’ दिने योजना संस्थाले अघि सारेको हो । डाक्टर, इन्जिनियर, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट, बैंकर, वकिल, व्यवस्थापक शिक्षक लगायत वार्षिक ५ लाख भन्दा बढि आयआर्जन गर्ने कर्मचारी सदस्यलाई १४ प्रतिशत ब्याजदरमा १० लाखसम्म बिनाधितो ऋण उपलब्ध गराउने संस्थाले जनाएको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार १६:४५