अब नगरपालिका बाहेकमा बैंकका शाखा खोल्न स्वीकृती चाहिदैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब नगरपालिका बाहेकमा बैंकका शाखा खोल्न स्वीकृती चाहिदैन



काठमाडौं, ११ असोज  । राष्ट्र बैंकले काठमाडौं उपत्यका, महा नगरपालिका, उपमहा नगरपालिका वा नगरपालिका केन्द्र बाहेकका स्थानमा शाखा खोल्दा बैंक तथा वित्तीय संस्थाले स्वीकृती लिन नपर्ने व्यवस्था गरेको छ ।

मंगलवार बैंकले परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । शाखा खोल्ने निर्णय सञ्चालक समितिले गरेको ७ दिन भित्र संस्थाहरुले यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थालाई काठमाडौं बाहेक अन्य भुकम्प प्रभावित जिल्लामा नै अन्य स्थानमा शाखा स्थानान्तरण गर्दा पनि स्वीकृती लिन नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित : ११ आश्विन २०७३, मंगलवार १४:५०