महुली लघुवित्तको १ करोड २० लाखको आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महुली लघुवित्तको १ करोड २० लाखको आइपीओ आउँदै



IPOs1काठमाडाै  ११ असोज । सेयर निश्कासनको लहरमा सप्तरीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त संस्था समेत मिसिएको छ ।

यो संस्थाले १ सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न लागेको हो ।

आइपीओका लागि महुली सामुदायिक लघुवित्त संस्थाले मंगलबार एनसिएम मर्चेन्ट बैकिङलाई बिक्री प्रबन्धकको जिम्मा दिने गरी सम्झौता गरेको छ ।

आइपीओको निश्कासन तथा व्यवस्थापनको बिषयमा भएको सम्झौतामा महुली लघुवित्तका तर्फबाट सीइओ श्यामकान्त चौधरी र एनसिएमका प्रबन्ध सञ्चालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे । आइपीओ कहिलेदेखि आउने भन्ने चाहि निश्चित भइसकेको छैन ।

यो संस्था २०७० सालमा स्थापना भई हाल १० वटा जिल्लामा फैलिइसकेको छ । महुली लघुवित्तले हाल सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लामा २८ वटा शाखा कार्यालयमार्फत ५४ हजार ग्राहकलाई बित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

जारी विज्ञप्ति अनुसार यो संस्थाले ९६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ४९ करोड ४१ रुपैयाँ  निक्षेप संकलन गरेको छ ।

प्रकाशित : ११ आश्विन २०७३, मंगलवार १५:४०