दुईवर्षभित्र मध्यपहाडी राजमार्ग अन्तर्गतका ३२ पहाडी जिल्लामा अप्टिकल फाइबर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुईवर्षभित्र मध्यपहाडी राजमार्ग अन्तर्गतका ३२ पहाडी जिल्लामा अप्टिकल फाइबर



fiberकाठमाडौं  १२ असोज। नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखा आरुघाटसम्मको पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तार सम्झौता भएको छ ।

अब नेपाल टेलिकमले आगामी दुईवर्षभित्र मध्यपहाडी राजमार्ग अन्तर्गतका ३२ पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तारको काम सम्पन्न गर्नुपर्ने छ ।

सम्झौता भएसँगै मध्यपहाडी राजमार्गको ८ सय ४ किलोमिटर र राजमार्गमा सँग जोडिएको उतर-दक्षिणमा जिल्ला सदरमुकाम र नगरपालिकासमेतको १५ सय ७२ किलोमिटरसहित कुल २३ सय ७६ किलोमिटरमा नेपाल टेलिकमले फाइबर विछ्याउने छ ।

यसको लागि प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको करिब ५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।

प्रकाशित : १२ आश्विन २०७३, बुधबार ०८:५६