नेपाल क्लियरिङ्ग हाउसले २० प्रतिशत नगद लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल क्लियरिङ्ग हाउसले २० प्रतिशत नगद लाभांश वितरण गर्ने



money2-390x293काठमाडाै १३ असोज । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । बुधबार सम्पन्न पाँचौ वार्षिक साधारणसभाले कम्पनीको मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पािरत गरेको हो । साधारणसभाले कम्पनीको संचालक समितिको वाणिज्य बैंक समूहबाट प्रतिनिधित्वगर्न तीन संचालकको रुपमा सिटिजन्स बैंकका राजनसिंह भण्डारी, नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतीप्रकाश पाण्डे र एनएमबी बैंकका उपेन्द्र पौड्याल निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७२ ७३ को अवधिमा कम्पनीको संचालन नाफा १० करोड ३३ लाख ३७ हजार र  खुद नाफा ५ करोड ७७ लाख ३६ हजार भएको थियो । हाल १०९ सदस्य बैंक तथा वित्तीय संस्थाका २ हजार ७ सय ७१ शाखाहरुबाट खिचिएका चेकहरु नेपाल क्लियरिङ्ग हाउसको प्रणालीमार्फत राफसाफ हुँदै आएको छ ।

गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७२ ७३ मा चेक राफसाफमा १२ प्रतिशतले वृद्धि भई कम्पनीले कुल ७३ लाख २२ हजार ३ सय ५९ वटा चेक राफसाफ गरेको थियो । यो अवधिमा दैनिक औसत रु. १५.५ अर्ब बराबर रकमको कारोबार भएको थियो भने दैनिक ३१ हजार ४ सय ७३ चेकको राफसाफ हुने गरेको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गरी सरल भुक्तानीको माध्यमको रुपमा कम्पनीले हालको पूर्वाधारहरुलाई विस्तार गरि गत भदौ १ गतेदेखि ५८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुको संलग्नतामा औपचारिक रूपमा अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली को सुरुवात गरेको छ । यो प्रणालीमा हाल६३ बैंक तथा वित्तीय संस्थाहरु र ३ रेमिट कम्पनीहरु आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपालमा विद्युतीय भुक्तानी एवम् पछ्र्याैट सम्बन्धी आवश्यक प्रणालीहरुको स्थापना गरी अग्रणी सेवाप्रदायकको रुपमा विकसितगर्ने लक्ष्य सहित नेपाल राष्ट्र बैंकको अगुवाईमा ‘क’, ‘ख’ र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजी प्रालिको पहलमा स्थापित कम्पनी हो ।

प्रकाशित : १३ आश्विन २०७३, बिहीबार ०३:१३