निर्धन उत्थान बैंकको बम्पर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्धन उत्थान बैंकको बम्पर अफर



nirdhanकाठमाडाै १३ असोज । निर्धन उत्थान बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई एकसाथ सेयर र नगद लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०२७/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५७९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

असोज १२ गते बसेको बैंकको बोर्ड बैठकले लगानीकर्तालाई डबल अफर दिने निर्णय गरेको बिहीबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छ ।

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्छ ।  यो माइक्रोफाइनान्सले गत वर्ष आर्थिक वर्ष २०७१/७२ को नाफाबाट आफ्ना लगानीकर्तालाई ४८.८१ प्रतिशत सेयर र १३.१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

निर्धन उत्थान विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ४० करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ । प्रस्तावित२० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १३ आश्विन २०७३, बिहीबार ०७:५३