सहकारीमा ब्याजदर तोक्न सकस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा ब्याजदर तोक्न सकस



काठमाडाै । सहकारीको कर्जा लगानीको ब्याजदरमा तोकिएको सीमा पुनरावलोकन गर्न बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक विना निष्कर्ष सकिएको छ ।

नयाँबानेश्वर स्थित संघीय सहकारी विभागमा बसेको समितिको बैठक ब्याजदरको विषयमा टुंगोमा नपुगी पुनः फागनु १२ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको हो ।

सरकारी पक्षले समितिको बैठकमा सहकारी अभियानको तर्फबाट पेश गरिएको सुझाव अध्ययन गर्न केही दिन समय मागेकाले बैंकठ कुनै निचोडमा पुग्न नसकेको हो ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलवार १५:५८