बजारमा १ अर्व ३२ करोडको साधरण सेयर थपिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजारमा १ अर्व ३२ करोडको साधरण सेयर थपिदै



काठमाडौ । आगामी २ महिना भित्रमा बजारमा १ अर्व ३२ करोड रुपैंया बरावरको साधरण सेयर (धितोपत्र) थपिने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आइतबार  सम्ममा विभिन्न  ५ कम्पनीले उक्त रकम बरावरको सेयर निष्कासनका लागि अनुमति लिईसकेका छन ।

तीमध्ये बैंक अफ काठमाडौं र सानिमा बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएका हुन । बैंक अफ काठमाडौले ६० करोड रुपैंया बरावरको ऋणपत्र निष्कासन गर्दैछ । विक्री प्रवन्धक एनएमबि क्यापिटल तोकिएको उक्त ऋणपत्रका लागि वार्षिक ८ प्रतिशत प्रतिफल पाइने र ७ वर्षका समयसिमा तोकिएको छ ।ipo
आगामी असारमा नै सानिमा बैंकले पनि ७० करोड रुपैंया वरावरको ऋणपत्र निष्कासन गर्देछ । जसका लागि बैकले वोर्डबाट अनुमति पाइसकेको छ । वार्षिक ७ प्रतिशत प्रतिफल तोकिएको उक्त ऋणपत्रको विक्री प्रवन्धक सिभिल क्यापिटल तोकिएको छ ।

त्यस्तै किसान माइक्रोफाइनन्स तथा वित्तिय संस्थाले ८० लाख रुपैंया बरावरको प्रथामिक सेयर (आइपिओ) निष्कासन गर्ने अनुमति लिएको छ । महिला सहयात्रा माइक्रोफाइनन्सले ३ करोड २० लाख र क्लिन भिलेज माइक्रोफाइनन्स तथा वित्तिय संस्थाले १ करोड २० लाख बरावरको आइपिओ निष्कासनका लागि वोर्डबाट अनुमति पाइसकेको छन ।
साधरणतया धितोपत्र बोर्डबाट प्रथामिक सेयर निष्कासनका लागि अनुमति पाएको २ महिना भित्रैमा निष्कासन गरिसक्नुपर्ने प्रावधान रहेका कारण आगामी २ महिना भित्रैमा बजारमा करिब डेढ अर्ब रुपैंया बरावरको साधरण सेयर (धितोपत्र) थपिने भएको छ ।
धितोपत्र बोडका अनुसार विभिन्न १८ वटा कम्पनीले प्रथामिक सेयर निष्कासनका लागि वोर्डमा आवेदन दिएका छन । ती कम्पनीहरुले करिव ४ अर्व ३८ करोड रुपैंया बरावरको सेयर निष्कासन गर्नेछन ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार ०३:०३