युक्रेनमाथि रुसी आक्रमण : नेपालजस्ता देशका लागि दुर्भाग्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विचार

युक्रेनमाथि रुसी आक्रमण : नेपालजस्ता देशका लागि दुर्भाग्य



दोस्रो विश्वयुद्ध पछि विकसित संसारको मूल प्रवति राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्र हो । कुनै पनि देशको कुनै पनि समस्या हतियारको प्रयोगबाट होइन शान्ति वार्ताबाट मात्र समाधान हुनसक्छ भन्ने हो । तर महाशक्ति राष्ट्रले आफ्नो प्रभूत्व कायम गर्न अथवा आफ्नो स्वार्थ पुरा गर्न पर्‍यो भने हतियारकै धम्कि र अन्तमा हतियारको प्रयोग गर्न छोडेका छैनन् । त्यसकै निम्ति उनीहरुले संसारका विभिन्न भागमा सेना तैनाथ गरेका छन् र विभिन्न नामका क्षेत्रीय सैनिक संगठन कायम गरेका छन् । नयाँ नयाँ क्षेत्रीय सैन्य अखडा खडा गरेका छन् । त्यसैगरी सैन्य संगठनमा संसारलाई बाँडेका छन् र बाँड्ने कोशिस गरेका छन् । यिनीहरुले यो पृथ्वीलाई कयौैं पटक ध्वस्त गर्न सक्ने आणविक हतियार विकास गरेका छन् ।

संसारकै दोस्रो महाशक्ति राष्ट्रका रुपमा चिनिएको रुसले यही महिनाको १२ गते बाट स्वतन्त्र र सार्वभौसत्ता सम्पन्न युक्रेनका विरुद्ध अन्यायपूर्ण आक्रमक युद्ध शुरु गरेको छ । यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपाल जस्ता सय भन्दा धेरै राष्ट्रहरुका चाहनाका विरुद्धमा छ । यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनु पर्छ । दुई राष्ट्रका वीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्छ ।

उपरोक्त अवस्थाको सन्दर्भमा नेटो सैनिक संगठन भंग गर्नुपर्छ । हिन्द प्रसान्त सैनिक संगठन खडा गर्न लागिएका काम बन्द गर्नुपर्छ । आफ्नो राष्ट्रको सिमाना भन्दा बाहिर राखिएका फौजि अखडाहरु आफ्नो राष्ट्रिय सीमा भित्र लैजानुपर्छ । ब्रम्हाण्डमा प्राणी विकास भएको एक मात्र ग्रह पृथ्वीलाई लामो समय बाँच्न सक्ने बनाई प्राणी मात्रलाई शान्तिपूर्ण जीवन जिउन सक्ने अवस्था सृजना गर्नुपर्छ ।
१५, फागुन २०७८
वामदेव गौतम
सदस्य राष्ट्रिय सभा

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १३:२६