ग्लोबल आइएमईले किन्योे रिलायवल डेभलपमेन्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमईले किन्योे रिलायवल डेभलपमेन्ट बैंक



636108442074687500काठमाडाै १४ असोज । ग्लोबल आइएमई बैंक ले राष्ट्रियस्तरको  रिलायवल डेभलपमेन्ट बैंकलाई किन्ने (एक्वायर) सम्झौता गरेको छ । नेपाल बंगलादेश बैंकसँग मर्जरको कुरा भाडिएपछि शतप्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको रिलायबलले  ग्लोबल आइएमई बैंकसँग बिक्री हुने निचोडमा पुगेको हो । दुवै बैंकविच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

शुक्रबार एक्विजिसन गर्ने सहमति पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरे । ग्लोबल आइएमईले प्यासिफिक डेभपलपेन्ट बैंकलाई यसअघि नै एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।ग्लोबल आइएमईले रिलायवललाई पनि एक्वायर गरे पश्चात राष्ट्र बैंकले तोकेको ८ अर्व चुक्ता पुजी पुर्याउने निजीस्तरको दोस्रो वाणिज्य बैंक बन्नेछ ।

ग्लोबल आइएमईले रिलायबल डेभलपमेन्टलाई दिने शेयर स्वाप रेसियो भने खुलाइएको छैन् । तर असि प्रतिशत भन्दा कम हुने सम्भावना रहेको छ । बैंकसँग अहिले ६ अर्व १६ करोड रुपैयाँको चुक्ता पुँजी छ । साथै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। लाभांस वितरणपछि बैंकको चुक्तापुँजी ७ अर्व १५ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ।

प्यासिफिक डेभपलपेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गरेपछि बैंकको पूँजी आठ अर्ब नाघ्ने तथा निक्षेप ८८ अर्व, कर्जा लगानी ७४ अर्व र १११ वटा शाखा कार्यालय पुग्ने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

रिलायवल डेभलपमेन्ट बैंकसँग ७८ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी छ भने रिजर्भमा ३७ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा रिलायवलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। रिलायवलसँग १७ वटा शाखा छन्। रिलायवलसँग आठ अर्व २१ करोड रुपैयाँको निक्षेप र ६ अर्व ९४ करोड रुपैयाँको कर्जा लगानी छ

यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग मर्जर गरेर ग्लोबल आइएमई बैंक बनेको हो । रिलायबल फाइनान्स लि, शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड बनेको हो । यो एक्विजिसन सम्पन्न भए पछि १० वटा बैंक वित्तीय संस्था मर्जर/एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।

एकसमय शेयर बजारमा ग्लोबल आइएमई बैंक र एनबी बैंक मर्जरमा जाने निक्कै चर्चा चुलिएको थियो । तर अहिले एनबी बैंकसँग मर्जरमा जाने चर्चा चलाएर त्यो असफल भएपछि शतप्रतिशत हकप्रदको योजना अघि सारेको रिलायवल नै ग्लोबल आइएमईले किन्ने भएको हो ।

प्रकाशित : १४ आश्विन २०७३, शुक्रबार १०:०६