नेपाल ध्वस्त पार्ने चीनको षडयन्त्र ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विचार

नेपाल ध्वस्त पार्ने चीनको षडयन्त्र !



सर्वसत्तावादी बिस्तारवादी कम्युनिष्ट चीनले नेपालको सीमा मिचेको कुरा अन्ततः नेपाल सरकारले पनि स्वीकार गरेको छ। हालै समाचार माध्यमहरुमा सार्वजनिक भएको नेपाल सरकारको गोप्य प्रतिवेदनले हुम्लामा चीनले नेपालीको सीमा मिचेर नेपाली भूमिमा अवैध निर्माण गरिरहेको स्पष्ट पारेको छ। तर चीनले हुम्ला मात्र होइन, मुस्ताङ, गोर्खा, रसुुवा, दोलखा लगायतका दर्जनौ जिल्लामा सीमा अतिक्रमित गरी हजारौं हेक्टर नेपाली भूमि कब्जा गरेको छ । जसबारे नेपाल डेमोक्रेट युनियनले लामो समयदेखि सतर्क गराउँदै आएको छ ।

चीनका हरेक ज्यादती र अत्याचारलाई ढाकछोप गरेर चीनको दासतामा रमेका नेपाली कम्युनिष्टहरुको कूटिल चाललाई तोड्दै चीनले नेपालको भूमि अतिक्रमण गरेको स्वीकार्ने नेपाल सरकारको साहस स्वागत योग्य छ। चीनले सीमाना मिचेको र नेपाली भूमि कब्जा गरेको रिपोर्ट नेपाल सरकारले तत्काल सार्वजनिक गर्नुपदर्छ र नेपाली जनताले प्रजातान्त्रिक विश्वको सहयोग लिएर चीनबाट आफ्नो भूमि फिर्ता लिनुपर्छ भन्ने मेरो ठहर हो ।

कम्युनिष्ट चीनले नेपालको भूमि मात्र कब्जा गरेको छैन, अपितु वर्षौदेखि नेपाल विरुद्ध नाकाबन्दी लगाएको छ। जसबाट तातोपानी र रसुवाका नाकामा हजारौं कन्टेनर सामान अलपत्र परेर काम नलाग्ने भैसकेको छ। यति मात्र नभएर नेपालको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप, नेपाली प्रजातान्त्रलाई समाप्त पार्न र प्रजातान्त्रिक विश्वका विरुद्ध नेपाली भूमि दूरुउपयोग गर्न चिनियाँ गुप्तचर एजेन्सी एमएसएस) को कार्यालय नै नेपालमा खडा गरी काम गदै आईरहेको छ । चीनले आरमएमबीको खोलो बगाएर नेपालीलाई भ्रस्टीकरण गरी नैतिक पतनतिर धकेल्दै नीचतामा संलग्न रहदै आएको छ। यसको उद्देश्य नेपालमा द्वन्द बढाउने, गृहयुद्ध चर्काउने, रक्तपात गराउने र त्यसमार्फत नेपाली समाजलाई छिन्नभिन्न गरी नेपाललाई कम्युनिष्ट चीनको संरक्षित राज्य बनाउने रहेको छ, जसबारे नेपाल डेमोक्रेट युनियनले बारम्बार भण्डाफोर गर्दै आएको छ। कम्युनिष्ट चीनको यो षडयन्त्र नेपाल बिरुद्धको दुश्मनी हो, नेपाललाई ध्वस्त पार्ने षडयन्त्र हो सम्पुर्ण नेपालीले बुझ्नु पर्दछ ।

बिर्सन नहुने कुरा के भने, चीन नेपालको छिमेकी होइन। नेपालको छिमेकी त तिब्बत हो। सन् १९५९ मा तिब्बत कब्जा गरेपछि विस्तारवादी कम्युनिष्ट चीन अवाञ्छनीय तवरमा हाम्रो उत्तरी सीमामा जर्बजस्ती जोडिन आइपुगेको मात्र हो। सर्वसत्तावादी कम्युनिष्ट चरित्र अनुरुप चीन नेपालको धर्मसंस्कृति, परम्परा, भाषा एंव मौलिकता समाप्त पारेर, नेपालको लोकतन्त्र ध्वस्त पारेर, नेपाललाई कम्युनिष्ट मुलुक बनाउने षडयन्त्रमा लागेको छ। यस्तो मुलुक नेपालको मित्र हुन सक्दैन। प्रजातन्त्र प्रेमी नेपाली जनता कम्युनिष्ट चीनलाई मित्र मान्न सक्तैनन् । नेपालका जुन पार्टी वा नेताले चीनलाई मित्र मान्छन ती सबै नेपाली धर्म-संस्कृति, परम्परा र लोकतन्त्र समाप्त पार्न चाहने पार्टी र नेता हुन् । ती सबै चीनका दलाल हुन। तिनीहरु नेपाललाई चीनको संरक्षित राज्य बनाउने लक्ष्यमा क्रियशील छन् । त्यसैले तिनीहरु देशद्रोही र राष्ट्रघाती हुन।

नेपाल र नेपाली जनताका अपराधी हुन् । आज यो कुरा घाम झै छर्लंंग भइसकेको छ। तिनीहरु नेपाल र नेपाली जनतालाई स्वीकार्य हुन सक्तैनन् । प्रजातन्त्रको विकल्प मात्र प्रजातन्त्र हो नकि कम्युनिस्ट अधिनायकवाद। नेपाललाई कम्युनिष्टबादबाट मुक्त नगरेसम्म देशको अस्मिता, सार्वभौमिकता, प्रजातन्त्र र समग्र अस्तित्व सुरक्षित रहन सक्तैन। नेपाल डेमोक्रेट युनियन यसबारे नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छ। साथै नेपाललाई कम्युनिजम मुक्त राष्ट्र बनाउन प्रजातान्त्रिक विश्व समुदायको प्रत्यक्ष एवं सक्रिय सहयोग आवश्यक रहेको समेत स्पष्ट पार्न चाहन्छ। नेपाललाई चिनियाँ समर्थित कम्युनिष्टको सर्वग्रासी छायाँबाट मुक्त गराउन नेपाल डेमोक्रेट युनियन नेपाली जनताको साथमा सदैव दृढतापूर्वक खडा रहने छ ।

(लेखक नेपाल डेमोक्रेट युनियनका संस्थापक हुन। व्यक्त विचार लेखकका निजी हुँन् )

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार १३:१२