दशैंका खसी र च्याङ्ग्रा आइपुगे काठमाण्डौ, अाजदेखि किन्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दशैंका खसी र च्याङ्ग्रा आइपुगे काठमाण्डौ, अाजदेखि किन्न पाइने



823x461-1475338110goat-market-in-kathmandu.काठमाडाै  १६ असोज । दशैंका लागि भनेजस्तो खसी, भेडा र च्याङ्ग्रा खरीद गर्ने योजनामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर । छानी–छानी खसी तथा भेडा च्याङ्ग्रा किन्न चाहनेका लागि नेपाल खाद्य संस्थानले अाज देखि बिक्री खुल्ला गर्दैछ ।

संस्थानले काठमाण्डौका उपभोक्ताको ध्यानलाई केन्द्रमा राखी आइतबारदेखि नै दशैंका लागि मुस्ताङबाट ल्याइएको ७ सय ५० भेडा च्याङ्ग्रा र हेटौडाबाट ल्याइएको २ सय खसीबोका बिक्री थाल्ने भएको हो ।

नेपाल खाद्य संस्थानका प्रवक्ता पवन कार्कीले बिजशालासँग कुरा गर्दै आइतबार दिउँसोदेखि भेडा च्याङ्ग्रा र खसीबोका बिक्री खुल्ला गरिने जानकारी दिए । उनका अनुसार दशैंका लागि भनी मुस्ताङबाट ७ सय ५० च्याङग्रा शनिबार काठमाण्डौ ल्याइपुर्याइएको छ । संस्थानले थप ७ सय ५० वटा च्याङग्रा पनि खरीद गरिसकेको छ र एक दुई दिनमै ती च्याङ्ग्रालाई पनि काठमाण्डौसम्म ल्याउने व्यवस्था हुनेछ ।

हेटौंडा र लहानमा थप ४ ४ सय खसीबोका पनि खरीद गरिसकिएको छ । ती खसीबोकालाई पनि सकेसम्म छिटो काठमाण्डौ ल्याएर उचित मूल्यमा बिक्रीवितरण गरिने प्रवक्ता कार्कीले जानकारी दिए ।

उनका अनुसार खसीबोका र च्याङ्ग्रा थापाथलीस्थित संस्थानको डिपोबाट बिक्री गरिनेछ । संस्थानले यो वर्षको दशैंतिहारका लागि च्याङ्ग्रा प्रति किलोग्राम ४ सय ८५ रुपैयाँको दरले खरीद गरेर ल्याएको बताएको छ ।

प्रकाशित : १६ आश्विन २०७३, आईतवार ०४:२०