सिटिजन्स बैंकले पारित ग‍-यो पुँजी वृद्धिको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकले पारित ग‍-यो पुँजी वृद्धिको प्रस्ताव



636110258308125000काठमाडाै १७ असोज । सिटिजन्स बैंक इन्टरनेशनलको वार्षिक साधारणसभाले पुँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट ७५ करोड बराबरको बोनस वितरण गरेपछि कायम पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको दशौ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले ७५ करोड ६ लाख ७५ हजार रुपैयाँ बराबरको बोनश बाड्ने प्रस्ताव पारित गरकेो हो । साथै बैंकले कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश समेत वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । गत बर्ष वितरण गरेको ५५ प्रतिशत हकप्रद समायोजन गर्दा बैंकको पूँजी ४ अर्ब ७७ करोड ११ लाख रुपैयाँ पुग्नेछ । यसमा गतबर्षको मुनाफाबाट वितरण गर्ने ७५ करोड बराबरको बोनश थप्दा ५ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम बैंकको चुक्ता पूंजी रु. ८ अर्व पु¥याउने उद्देश्य अनुरुप बैंकले आफनो पूंजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०ः२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

प्रिमियर फाइनान्सलाई एक्वायर गरेर २५ प्रतिशत जारी गर्दा बैंकको पूँजी ७ अर्बको हाराहारीमा पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने देखिएको छ ।

बैंकले गत आर्थिक बर्षमा ४७ अर्व ३९ करोड निक्षेप संकलन गरी ४० अर्व ५६ करोड कर्जा प्रवाह गरेको जनाएको छ

प्रकाशित : १७ आश्विन २०७३, सोमबार ०३:०३