सामसुङ मोबाइल कम्पनीलाई ५.३ अर्ब डलर घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामसुङ मोबाइल कम्पनीलाई ५.३ अर्ब डलर घाटा



samsung-galaxy-note7-jpg-pagespeed-ce-vmtnm0ywgbएजेन्सी । सुरक्षित भनेर दोस्रोपटक बजारमा पठाएको सामसुङको ग्यालेक्सी नोट सेभनमा बारम्बार आगोलागी हुन थालेपछि सामसुङ मोबाइल कम्पनीलाई नराम्रो झड्का लागेको छ ।

ब्याट्रीमा समस्या देखिएर विस्पोट तथा आगोलागी हुन थालेपछि सबै नोट सेभेन बजारबाट फिर्ता लिइसकेको छ । उक्त फोनमा बारम्बार आएको समस्याले सामसुङ मोबाइल कम्पनीलाई ५.३ अर्ब डलर बराबरको घाटा लागेको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका अनुसार हाल उक्त कम्पनीलाई ३ अर्ब डलर बराबरको घाटा लागेपनि अगामी त्रैमाससम्ममा सो घाटा २.३ अर्ब डलरले बढेर ५.३ अर्ब पुग्नेछ । सामसुङले यसअघि नै कम्पनीको तेस्रो त्रैमासिक रिपोर्टमा २.६ अर्ब डलरको गिरावट आउने अनुमान गरेको थियो उक्त गिरावटले सामसुङ मोबाइलको सम्पूर्ण नाफलाई समेत प्रभावित बनाउने अनुमान गरिएको छ ।

हाल सामसुङसँग पर्याप्त पैसा छ उक्त पैसाले घाटालाई परिपूर्ती भने गर्न सक्छ ।

प्रकाशित : ३० आश्विन २०७३, आईतवार ०८:२५