नेपाल बायुसेवा निगमले माग्यो ५३ कर्मचारी , एसएलसी पास गरेकालाई पनि अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बायुसेवा निगमले माग्यो ५३ कर्मचारी , एसएलसी पास गरेकालाई पनि अवसर



nigकाठमाडौं, ३० असोज । नेपाल बायु सेवा निगममा विभिन्न ५३ पदमा जागिर खुलेको छ । बायु सेवा निगमले विभिन्न ५३ रिक्त पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको छ ।

निगमले १५ जना प्रशासन अधिकृतका लागि दरखास्त मागेको छ । जसमा खुलातर्फ ८ जना नियुक्त हुनेछन् भने महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलिततर्फ १ आरक्षण छ । यसैगरी ६ जना लेखा अधिकृतका लागि गरिएको आवेदनमा ३ जनाले खुलामा प्रतिस्पर्धा गरेर जागिर पक्का गर्न सक्नेछन् ।

यसैगरी निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदान मागेको छ ।

पदअनुसार छुट्टा-छुट्टै शैक्षिक योग्यता तय गरिएको छ । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुकले आवदेन दिन सक्नेछन् ।

प्रकाशित : ३० आश्विन २०७३, आईतवार ०८:३३