नेप्से ५ अंकले वृद्धि,सोमबार २२ करोड ९ लाख ७५ हजारको सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ५ अंकले वृद्धि,सोमबार २२ करोड ९ लाख ७५ हजारको सेयर कारोबार



काठमाडौँ । साताको पहिलो दिन घटेको नेप्से परिसूचक सोमबार ५ दशमलब ३८ अंकले वृद्धिभई ९ सय ३३ दशमलब ७३ अंकमा कारोबार बन्द भएको छ । ‘क’ बर्गका  कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेस्क पनि १ दशमलब ०३ अंक वृद्धि संगै १ सय ९९ दशमलब ८७ अंक बन्द भएको छ भने फ्लोट इन्डेक्स  ० दशमलब ४१ र सेन्सेटिभ फ्लोट इन्डेस्क ० दशमलब ३३ प्रतिसतले  वृद्धि भएको छ ।

बजार खुल्दा ९ सय २८ दशमलब २२ अंकमा रहेको नेप्से दिउसो २ बजे पछि ९ सय ३६ दशमलब ९९  अंक पुगे पनि बजार बन्द हुँदा ९ सय ३३ दशमलब ७३ अंकमा रहृयो । सोमबार २२  करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ जुन आइतबार भन्दा करिब ५ करोड रुपैयाँले बढी हो । १ सय २२ कम्पनीका १ हजार ४ सय ९ कारोबारबाट ६ लाख २२ हजार १ सय ४९ कित्ता शेयर खरिद  बिक्री भएको छ ।

समूहगत आधारमा वाणिज्य बैङ्क, विकास बैङ्क, जलविद्युत्, होटल,बीमा र उत्पादन तथा प्रशोधन सबैमा सुधार आएको छ भने  वित्त समूहको परिसूचक ऋणात्मक रह्यो । अन्य समूहमा कुनै परिबर्तन भएन,  समूहगत आधारमा उत्पादन तथा प्रशोधन समूहमा  सबैभन्दा धेरै वृद्धि १ दशमलब ३ प्रतिसतले वृद्धि देखिएको छ । कारोबार रकमको आधारमा बीमा समूह अन्तर्गत नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड ४९ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । नागबेली लघुवित्त बिकाश बैंकको सर्वोधिक ९ दशमलब ९८ प्रतिसतले मूल्य  बढेको छ भने  सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ७ दशमलब ५५ प्रतिसतले मूल्य घटेको छ । केहि दिन देखि लगातार घटीरहेको बजारमा शेयर खरिद चाप बढेपछि नेप्से परिसूचक बढेको बताईएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १४:४६