सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्सको एकिकृत कारोवार सुरु , चुक्ता पुँजी ५ अर्ब पुग्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्सको एकिकृत कारोवार सुरु , चुक्ता पुँजी ५ अर्ब पुग्दै



xcivil-bank_201010150831162-jpg-pagespeed-ic-43osor0bevकाठमाडौं, १ कातिक । सभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनीको कात्तिक १ गते (अाज)बाट संयुक्त कारोवार शुरु हुने भएको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ ।

यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्स र रु २२ करोड चुक्तापुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्ता पुँजी यो खरिद पछी रु ५ अर्ब ५४ करोड पुग्ने छ ।

यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । टी २४ नामक अत्याधुनिक अपरेटिङ सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि बिस्तार गर्ने उल्लेख गरेको छ ।

साथै २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले जानकारी दिए ।

प्रकाशित : १ कार्तिक २०७३, सोमबार ०३:१६