कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद खुला, कहाँबाट दिने आबेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद खुला, कहाँबाट दिने आबेदन ?



काठमाडौँ  ३ कातिक । कृषि बिकास बैंक लिमिटेडको ५० प्रतिशत हकप्रद आजदेखि बिक्रि खुला भएको छ। ५० प्रतिशत हकप्रद शेयरका लागि असोज ९ सम्म कायम शेयरधनीहरुले कात्तिक आजदेखि मङ्सिर ७ सम्म आबेदन दिन सक्ने छन।

असोज ९ सम्म कायम इच्छुक शेयरधनीहरुले ५० प्रतिशत हकप्रद प्राप्त गर्नका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल लिमिटेड, कृषि बिकास बैंक र एस डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन।

५० प्रतिशत हकप्रद निष्काशनका लागी बैंकको असोज २ मा बसेको संचालक समितिको बैठकले असोज १० का लागी बुक क्लोज गर्ने निर्णय गरेको हो। ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

बैंकको अग्राधिकार शेयरलाइ चुक्ता पुंजीमा गणना गर्न नपाइने व्यवस्थापछि बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी हकप्रद, बोनस र अन्य विकल्पमार्फत पुंजी बढाउन लागेको हो।

बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ८६ करोड ८ लाख रहेको छ । यसमध्य साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाख छ भने नेपाल सरकारको अग्राधिकार शेयर ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा बैंकले २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको थियो ।

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार ०६:०२