इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्यो



काठमाडौं। मुलुकमा इन्टरनेट प्रयोगकर्ताको संख्या करोड नाघेको छ । माघ मसान्तसम्म एक करोड ५ लाख १५ हजार मानिसको पहुँचमा इन्टरनेट पुगिसकेको छ ।

1579715358_1434349159नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो संख्या ०६८ सालमा गणना गरिएको कुल जनसंख्याको ३९ दशमलव ६८ प्रतिशत बढी हो । नेपाल टेलिकम र एनसेलले सेवा विस्तारमा तिब्रता दिएपछि इन्टरनेट प्रयोगकर्ताको संख्या हृवात्तै बढिरहेको छ ।

कुल इन्टरनेट प्रयोकर्तामध्ये मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या निकै बढी छ । मोबाइलबाट इन्टरनेट चलाउने १ करोड ६९ हजार जना छन् । मोबाइल बाहेक अन्य माध्यमबाट इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या ५ लाखको हाराहारीमा मात्र रहेको प्राधिकरणको तथ्यांक छ ।

नेपाल टेलिकम, एनसेल र एसटिएम टेलिकम सञ्चारले मोबाइल इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । जसमध्ये टेलिकमका ५७ लाख ५१ हजार, एनसेलका ४२ लाख २९ हजार र एसटिएमका ८८ हजार ग्राहक छन् ।

नेपालमा डायल अप सेवाका १० हजार ४ हजार ७७, वायरलेस मोडियम अप्टिक फाइबर इथरनेट ४८ हजार ८ सय १५, केवल मोडियम ४७ हजार २ सय २६, एडीएसएल १ लाख ३३ हजार ८ सय ८७, सीडीएमए १ एक्स, इभिडियो १ लाख ९३ हजार ३ सय १७, वाइम्याक्स ११ हजार ७ सय १८ र भिस्याट बेष्ड इन्टरनेट १३ जना ग्राहक रहेका छन् ।

कसका कति ग्राहक ?

नेपाल टेलिकममा ग्राहक सबैभन्दा धेरै देखिएका छन् । दोस्रोमा एनसेल  छ । प्राधिकरणका अनुसार टेलिकमका ६० लाख ३८ हजार ६ सय २७ इन्टरनेट ग्राहक छन् । एनसेलका ४२ लाख २९ हजार ६ सय १३ ग्राहक छन् ।

युटिएलका ५६ हजार ७ सय ४४, स्मार्ट टेलिकमका ८८ हजार १२, एटिएमका १३, अन्य सेवा प्रदायकको १ लाख १ हजार ८ सय ८१ जना ग्राहक छन् ।

अन्य इन्टरनेट सेवा प्रदायकमा वल्र्ड लिंक, साइवर नेट, वेब सर्फर, सुबिसु, क्लासिक टेक, भायोनेटल लगायत पर्छन् ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १२:४७