‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को लागि आवेदन खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को लागि आवेदन खुला



काठमाडौं  ३ कात्तिक । आइएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन आहृवान गरेको छ ।

छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने छ ।

विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्‍याउने उद्वेश्यले छात्रवृत्तिको आवेदन मागिएको आइएमई तथा ग्लोबल आईएमई बैंकले जनाएका छन् ।

आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागिएक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

इच्छुक विधार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्याप्ाकको सिफारिस सहित आवेदन दिन सक्नेछन् ।

कात्तिक ३० गतेसम्म आवेदन दिनुपर्ने छ । फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आइएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आइएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा ईमेल ठेगाना[email protected] मा पठाउन सकिने आइएमईले जनाएको छ ।

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार ०७:४६