नेपाल उद्योग वाणिज्य महासंघ भित्रै असन्तुष्टि चुलियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल उद्योग वाणिज्य महासंघ भित्रै असन्तुष्टि चुलियो



fncciकाठमाडौं, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबारको लागि आह्वान गरेको विशेष साधारणसभाको बिषयलाई लिएर पुर्व अध्यक्षहरुले असन्तुष्टि जनाएका छन् ।

विगतमा हुने साधारणसभाकाे बारेमा पहिले नै जानकारी हुने भए पनि यस पटकको साधारणसभाका बारेमा अाफुहरुलाई कुनै जानकारी प्राप्त नभएको बुधबार एक विज्ञप्ती जारी गरि उल्लेख गरेका छन् ।

असन्तुष्टि  जनाउने पुर्व अध्यक्षहरुमा  महेशलाल प्रधान, पद्म ज्योती,अानन्दराज मुल्मी,प्रदिप कुमार श्रेष्ठ विनोद बहादुर श्रेष्ठ र कुश कुमार जाेशी रहेका छन् । विशेष साधारणसभाको सङ्घारमा पुर्व अध्यक्षहरु सहभागी नहुने खबरले महासंघमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार १४:१४