बदमासी गर्ने गोर्खाज फाइनान्सलाई धितोपत्र बोर्डको पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बदमासी गर्ने गोर्खाज फाइनान्सलाई धितोपत्र बोर्डको पत्र



bordकाठमाडौं, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले गोर्खाज फाइनान्सलाई बुधबार पत्र काटेको छ । बोर्डले मर्जपछि एकिकृत कारोबार शुरु गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार नखुलाएकोे भन्दै कम्पनीलाई पत्र काटेको हो ।

बोर्डले कम्पनीलाई एकीकृत कारोबार शुरु गरेको ७ महिना बितिसक्दा पनि शेयर कारोबार हुन नसक्नुको कारण ३ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स लिमिटेड मर्ज भएर बनेको गोर्खाज फाइनान्सले गत चैत २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।

मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेका कम्पनीले लामो समयसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा बोर्डले गोर्खाज फाइनान्सलाई पत्र काटेको हो ।

बोर्डले केही समय अगाडि मात्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेका कम्पनीले २ साता भित्र अनिवार्य शेयर कारोबार सुचारु गराउनुपर्ने व्यवस्था समेत गरेको छ ।

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार १४:२६