स्थानिय सरकार मातहत सहकारी आए पछि केही सहज भएको छः राधा कडरिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

स्थानिय सरकार मातहत सहकारी आए पछि केही सहज भएको छः राधा कडरिया




हाम्रो सहकारी संस्थाको कार्य क्षेत्र काठमाडौं महानगरपालिका भित्र पर्छ । त्यस कारण पनि यसको नेचर फरक नै हुन्छ । मुख्य कुरा त शहरको सहकारी र गाउँको सहकारीमा एकदमै फरक छ ।

सहकारीको भावना बुझ्ने कुरामा शहरका सदस्य र गाउँका सदस्यमा एकदमै फरक छ । गाउँका सहकारीलाई जुन तरिकाले हेर्ने गरिन्छ त्यो दृष्टिकोण हामीले पाएका छैनौ ।

तर मलाई जानकारी भएअनुसार स्थानीय सरकार मातहत सहकारी आएपछि अलि सहज नै भएको छ । विशेष गरि मलाई लागेको कुरा भनेको सहकारीको नियमन र प्रवद्धनको जिम्मा स्थानीय सरकार मातहत आए पछि गाउँका सहकारीको उत्पादन त्यहि वितरण गर्ने र बचत पनि स्थानिय स्तरमा नै परिचालन गरेर एकआपसमा सहकार्य गरि काम गर्न सहज भएको छ ।

(कुराकानीमा आधारित)

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार १२:५६