कसमसको हकप्रदमा नबिकेको शेयर लिलाम आजदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कसमसको हकप्रदमा नबिकेको शेयर लिलाम आजदेखि



काठमाडौं, ४ कात्तिक ।  कसमस डेभलपमेण्ट बैंक ले १७ हजार कित्ता शेयर शेयर लिलाम सुरु गरेको छ । गत साउन ११ गतेदेखि बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा नबिकेको ४ हजार ८ सय १९ कित्ता संस्थापक तथा १२ हजार २ सय ७ कित्ता साधारण शेयर लिलाम गरेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभल क्यापिटलमा लिलामबाट शेयर खरिद गर्न चाहनेले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता शेयरको न्युनतम १ सय रुपैंयाका दरले कम्तीमा १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामको शेयर खरिद गर्नका लागि लगानीकर्ताले कात्तिक १८ गतेसम्ममा बुझाईसक्नु पर्नेछ । लिलामका लागि आएका बोलपत्रहरु कात्तिक १९ गते खोलिने बैंकले जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७३, बिहीबार ०६:२०