अरुण कावेलीको आईपीओ कात्तिक ९ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण कावेलीको आईपीओ कात्तिक ९ गतेदेखि



IPOs1काठमाडौं, ५ कात्तिक  । अरुण कावेली पावर लिमिटेडले कात्तिक ९ गतेदेखि ३० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दै छ । कम्पनीले सोमध्ये ९० हजार कित्ता कम्पनीको कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

१ सय रुपैयाँ प्रतिशेयर मूल्य रहेको कम्पनीको शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी गर्न ९ कम्पनीले सेबोनमा आवेदन बुझाएका छन् । तीमध्ये ७ जलविद्युत् कम्पनी छन् भने बाँकी २ विकास बैंक हुन् । गर्जाङ उपत्यका हाइड्रोपावर, हिमालयन पावर पाटर्नर, नेपाल हाइड्रो डेभलपर, आँखुखोला जलविद्युत्, च्याङ्गडी हाइड्रोपावर, मैलुङखोला जलविद्युत्, राधी विद्युत् कम्पनीहरुले पनि स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्न सेबोनमा निवेदन दिएका छन् ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ०३:२८