आँधिखोला जलविद्युत आयोजनामा तालाबन्दी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आँधिखोला जलविद्युत आयोजनामा तालाबन्दी



aadhikholaपाल्पा, ६ कात्तिक । बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताद्वारा कार्यालयमा ताला लगाएको छ ।

विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि शुक्रबार तालाबन्दी गरेका छन् ।

पटक/पटक महसुल वृद्धिको विरोध गर्दैआएका यस क्षेत्रका उपभोक्ताले विज्ञप्ति निकाली महसुल वृद्धि कम नगरेसम्म आन्दोलन जारी राख्ने विद्युत् महसुल वृद्धि विरुद्ध सङ्घर्ष समिति रामपुरका अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।

कम्पनीले विद्युत् महसुल वृद्धि गरेदेखि यस क्षेत्रका उपभोक्ताले तीन महिनादेखि विद्युत् महसुल रकम बुझाएका छैनन् । चरणवद्ध आन्दोलन गर्दै आएका उपभोक्ताले विद्युत् महसुल वृद्धिको विरोध जनाउँदै आए पनि कम्पनीले कुनै चासो नदिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।

प्रकाशित : ६ कार्तिक २०७३, शनिबार १०:१४