हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु



helicopter-crashमस्को,  ६   कात्तिक। रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी हुँदा कम्तीमा १९ जनाको मृत्यु छ, भने अन्य ३ तीन घाइते भएको जनाइएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

२२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर शुक्रबार राति दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो ।

हालसम्म पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । उद्धारकर्ताहरुले भने चालकहरुको लापर्वाही, यात्रीक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् ।

प्रकाशित : ६ कार्तिक २०७३, शनिबार १०:१९