देशको आम्दानीभन्दा खर्च धेरै, शोधानान्तर घाटा ३ अर्ब रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देशको आम्दानीभन्दा खर्च धेरै, शोधानान्तर घाटा ३ अर्ब रुपैयाँ



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं, ६  कात्तिक । चालु आवको शुरु देखि नै देशको आय व्यवमा असन्तुलित देखिएकोमा आवको दोस्रो महिना (भदौं) मा पनि यसले निरन्तरता पाएको छ । देश भित्रने वा हुने आम्दानी भन्दा बाहिरीने रकम बढेपछि दोस्रो महिनामा ३ अर्ब ५० करोडले शोधानान्तर घाटा भएको छ ।

गत साउनमा यस्तो घाटा २ अर्ब १३ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले व्यापार घाटामा भएको वृद्धि, बैदेशिक लगानीमा लाभांश भुक्तानी बढ्दा र वैदेशिक अनुदान घटेकोले शोधानान्तर घाटा भएको उल्लेख गरेको छ ।

कुल बस्तु व्यापार घाटा ४८ प्रतिशतले वृद्धि भएर १ खर्ब ३५ अर्ब पुगेको छ । रकमको आधारमा देशबाट बाहिर बिक्रीकोे लागि जाने सामग्रीभन्दा (निर्यात) भन्दा देश भित्रने सामग्री (आयात) बढेपछि व्यापार घाटा बढेको हो । निर्यात ७.७ प्रतिशतले बढेर १३ अर्ब पुगेको छ भने आयात ४३ प्रतिशत बढेर १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । भारतसंग मात्रै नेपालले ९० अर्ब व्यापार घाटा व्यहोरेको छ । दसैंको लागि हुने आयात बार्षिक आयातको ५० देखि ६० प्रतिशत बराबर हुने भएकोले पनि आयातमा भारी वृद्धि भएको हो ।

यता, दसैंको लागि नेपाल भित्रने रेमिट्यान्सको आप्रवाहमा भने भदौंमा वृद्धि भएको छ । रेमिट्यान्स भित्रने क्रममा गत आवमाभन्दा ६.६ प्रतिशतले वृद्धि भएर १ खर्ब १४ अर्ब पुगेको छ ।

प्रकाशित : ६ कार्तिक २०७३, शनिबार १०:२३