औद्योगिक व्यवसाय ऐन ट्रेड युनियन विरोधी- ट्रेड युनियन कांग्रेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

औद्योगिक व्यवसाय ऐन ट्रेड युनियन विरोधी- ट्रेड युनियन कांग्रेस



tarde-union-congress-450x240काठमाडौं ६ कत्तिक  । नेपाल ट्रेड युनियन कांग्रेसले औद्योगिक व्यवसाय ऐनमा भएका ट्रेड युनियन विरोधी प्रावधान खारेजीको माग गर्दै आन्दोलन गर्ने भएको छ ।

श्रमिकहरुको वर्गीय हित र ट्रेड अधिकारको सुनिश्चितताको लागि औद्योगिक व्यवसाय ऐनको दफा ४७ को उपदफा ६ र ७ तत्काल खारेज गर्नुपर्ने माग गर्दै ट्रेड युनियन कांग्रेसले आन्दोलन गर्ने भएको हो ।

नेपाल ट्रेड युनियन कांग्रेस महासंघको यही कातिक ३ र ४ गते काठमाण्डौमा बसेको आकस्मिक बैठकले श्रम सरोकारको अत्यन्त संवेदनशील एवं महवपूर्ण विषयमा टे्रड यूनियन अधिकारलाई कुण्ठित पार्ने गरी औद्योगिक व्यवसाय ऐन ल्याउने तयारी भएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

औद्योगिक व्यवसाय ऐनमा राखिएका श्रम हित प्रतिकुल दफा खारेजीको माग गर्दे देशभर आन्दोलन गर्ने बताएको ट्रेड युनियन कांग्रेसले छठपछि मात्रै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

सनिबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलनाथ दाहालले रोजगार दातासँग गरिएको सम्झौतामा हड्ताल गर्न छुट दिने तर सरकारले ल्याएको विधेयकमा हड्ताल गर्न प्रतिबन्ध लगाउने दोहोरो चरित्रको प्रावधान मान्य नहुने बताए ।

पत्रकार सम्मेलनमा आगामी माघ २१ र २२ गते नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद् काठमाण्डौमा आयोजना गर्ने जानकारी गराईएको थियो । त्यसैगरी २०७४ भाद्रमा राष्ट्रिय समितिको महाधिवेशन गर्ने गरी प्रदेश, जिल्ला तथा आवद्ध संघको अधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । महासघमा ७५ वटा संघ र ७२ वटा जिल्ला संगठन आवद्ध छन् ।

प्रकाशित : ६ कार्तिक २०७३, शनिबार १०:४५