तीनवटा सरकारले आफु अनुकुल कानुन बनाउदा समस्या बढ्योः रामहरि बजगाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

तीनवटा सरकारले आफु अनुकुल कानुन बनाउदा समस्या बढ्योः रामहरि बजगाई



काभ्रेको ढुङ्खर्क (हाल बेथानचोक गाउँपालिका) वडा नं ९ चनौटेमा जन्मे हर्केका रामहरि बजगाई नेपालको सहकारी अभियानमा सुपरिचित नाम हो । हाल उनि राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हुनुहुन्छ । सहकारी अभियानका सुपरिचित व्यक्तित्व बजगाईसँग अर्थबजार डटकमले गरेको कुराकानीको सार ।

ललितपुरमा बचत तथा ऋण सहकारीको अवस्था कस्तो छ ?

ललितपुर भित्र बचत तथा ऋण सहकारी संस्था वित्तीय क्षेत्रमा हेर्ने हो भने ७० प्रतिशतभन्दा बढी यसले ओगटेको छ । यसमा सहकारी भित्र सुशासन संस्थालाई दिगो कसरी बनाउने भन्ने विषयमा हामी अत्यन्त प्रगतिशील ढंगले अगाडि बढिरहेका छौं । अहिलेको यो बिचको समयमा कोभिड माहामारीमा पहिलो लकडाउन दोश्रो दिन लकडाउनले गर्दा अलिकति संस्थाहरूमा भाका नाघेका कर्जाहरु धेरै हुने संस्थामा ऋण असुली नहुने नाफा मुनाफा लाभंश वितरण गर्न जति सक्नुपर्ने हो त्यो गर्न नसकेको अवस्था छ ।

सहकारी ऐन २०७४ नियमावलीमा उठेको कोष विभाजनको जुन प्रक्रिया छ । त्यो कोषमा विभाजन गरेर सदस्यहरुलाई लाभांश दिने कुराहरुमा उनीहरुलाई दिन गार्हो परेकाले सहकारी संस्थाहरुमा समस्या परेको छ । वित्तीय रुपमा अप्ठ्यारो पर्यो भनेर सहकारी बन्द हुने अवस्था भने होइन । तर आन्तरिक सुशासनको पार्ट पल्स मनिटरिङको पार्टलाई फलो गर्ने हो भने अहिले घाटामा गएको अवस्था देखिन्छ । स्वच्छ फिगर बचत ऋण सहकारीको देखिँदैन ।

सरकारी निकायले एकातिरबाट कोपोमिस प्रणाली भनेर लागू गर्न खोजिरहेको छ । यसको प्रभावकारी कार्यन्वयन कसरी होला ?

कोपोमिस प्रणाली लाई सहि ढंगले अगाडि लग्ने हो भने कर्जा सूचना केन्द्रको काम पनि यसैले गर्छ । कोपोमिस प्रणाली जुन खालको सोच थियो, सफ्टवयरको डाटाहरुबाट कामहरु गर्ने भनिएको थियो।संघिय विभागबाट सहकारी विभागबाट त्यो अत्यन्त राम्रो हो। जति व्यवहारमा लागू गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको छैन। जस्तो कि पालिकाहरुमा पनि कोपोमिसको कामहरु नभएको देखिन्छ ।

कोपोमिसले बागमती प्रदेशमा त्यति राम्रो काम गर्न सकेको छैन । हामीले गर्न सकेनौं कोपोमिस कार्यान्वयनमा ल्याउन सकेनौं भन्ने कुरो सचिवको, रजिष्ट्रारको , मन्त्रालयको पनि त्यही खालको बुझाइ छ । तर यही विषयलाई संघीय विभागमा हेर्ने हो भने कोपोमिस पूर्णरूपमा लागू हुन्छ । हामीले धेरै खर्च गरिसक्यौं एकदम राम्रो भाको छ।

कोपोमिसबाट डेक्समा हामीले हेर्न सक्छौं । सम्पत्ति शुद्धीकरण देखि लिएर सबै कुरा हामीले हेर्न सक्ने खालको हुन्छ भन्ने अडान छ । एउटा नागरिताको नम्बर क्लिक गरेर हेर्न साथ उसको अन्त संस्थामा ऋण छ कि छैन सबै थाहा हुन्छ भन्ने संघिय बिभागको भनाई छ । तर वाग्मती प्रदेशको हकमा हेर्ने हो भने कार्यान्वयन गर्न गाह्रो छ ।

सहकारी स्थापना भएको ६५ बर्ष पुरा गरेको छ । अहिले सम्मका उपलब्धीहरु के के हुन् ?

उपलब्धिहरू हेर्ने हो भने यसलाई सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरण हुनुपर्यो भन्ने हाम्रो विचार हो । सहकारी यही नै हो। त्यसमाथि मूल कुरा भनेको संविधानले पनि हेर्न पर्यो २०७२ को संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको निमित्त सहकारीको महत्वपूर्ण भूमिका हुनेछ भनिएको छ। त्यो भइसकेपछि के हो त समाजवाद त्यो विषय सहकारीमार्फत भयो कि भएन अथवा त्यसको सुरुवात हुन थालेकी थाले नभन्ने विषयमा बहस हुन जरुरी छ। यो बीचमा सहकारीबाट पनि राम्रा कामहरु भएका छन् यूवाहरु सहकारी प्रति आकर्षित हुनु, नेतृत्व विकास भएको छ,राजनीतिक पार्टीमा पनि सहकारी भनेको छोड्नु हुन्न भन्ने विचार उत्पन्न भइसकेको छ। त्यसैले सहकारीलाई प्राथमिकतामा राखेको देखिन्छ। व्यवहारिक रुपमा जे देखे पनि बाहिरी रुपमा यस्तो देखिन्छ । अर्को कुरो केही मात्रामा कतिपय सहकारी संस्थामार्फत सदस्यका जिवनमा परिवर्तन पनि भएको छ । एउटा खम्बा सहकारीलाई स्वीकारे पनि यसको विकास र प्रवर्द्धनमा प्रभावकारी काम हुन सकेको छैन।

सहकारी अभियानमार्फत त्यति कामहरु पनि हुन सकेको छैन ।सहकारी संस्थाले पैसा किन्ने , पैसा बेच्ने बाहेक अरु काम गर्न सकिएको छैन। कति कुरामा ऐन पनि बाधक छन्। कुनै बचत तथा ऋण सहकारी संस्थाले कहि ऋण लगानी गरौं भन्ने खालको वातावरण पनि छैन। सहकारी क्षेत्र उत्पादनशील क्षेत्र भनिएको छ । सहकारीले कहीँ उत्पादनशील कृषि क्षेत्रमा कृषि फम खोल्न पाइँदैन लगानी गर्न पाएको छैन ।

कि बहुउद्देश्यीय सहकारी हुन पर्यो अरु प्रकृतिको जुनसुकै बचत तथा ऋण सहकारीले बचत तथा ऋणको कारोबार गरेको देखिन्छ । त्यस कारण भन्ने हो भने सहकारी भनेको नै सबै बचत तथा ऋण जस्तो भैसक्यो। अरु प्रकारका सहकारीले के गर्ने त भन्ने कुरामा सरकारले बुझ्नु जरुरी छ। त्यसका लागि अनुदानको कुरा हुन सक्छन् कृषि आैजार वितरण गर्ने कुरा हुन्छन् बिउबिजन दिन सक्ने कुराहरु हुन्छन् ।

अहिले ७० र ३० प्रतिशत काम गर्ने भनेर जुन ऐनमा आएको छ। त्यो ७० प्रतिशत काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्यो। समग्र रुपमा हेर्ने हो भने सहकारीका राम्रा काम पनि भएका छन् । तर विकृतीहरु पनि फैलिएका छन् । कतिपय ठूला सहकारीले गर्दा साना सहकारीलाई अप्ठ्यारो पनि भएको छ। अनुगमन राज्यले गरोस भनेर हामी भन्छौं त्यो भन्नु गलत हो जस्तो मलाई लाग्छ। राज्यले अनुगमन गर्ने हैन। सहकारीको अनुगमन संस्थाका सदस्यले गर्ने हो । सहकारी भनेको स्वानियमनमा चल्ने हो ।

सदस्यहरु सचेत हुनुपर्यो आफ्नो पैसा सुनिश्चित छ कि छैन के गर्दैछन् ? संस्थाहरु लगानी गर्दा कतिको जोखिम अपनाइएको छ कि छैन ? विधि के छ ? कुन कुन क्षेत्रमा लगानी गरिएको छ ? शेयर पूँजीको कतिसम्म बचत संकलन गर्न सकिन्छ भन्ने कुराको ख्याल गरिएन भने बिग्रिन्छ। सदस्य नै सूचित हुनुपर्छ सदस्यलाई शिक्षा दिनुपर्छ यति भइदियो भने संस्था कहिले पनि अप्ठ्यारो स्थितिमा जाँदैन । जति हामीले भने पनि थियो स्थिति छैन। अहिले कतिपय ठाउँमा सञ्चालक साह्रै व्यस्त हुने कतिपय ठाउँमा संचालकहरुको एकदमै क्रियाशील हुने छन् त्यस्तो संस्थामा कहिले पनि जोखिम हुँदैन । कतिपय संस्थामा सदस्यहरु साधारणसभामा नैं नआईदिने भत्ता मात्र खोज्ने आएपनि हिडिहाल्ने जुन किसिमको विकृति छ। त्यो विकृतीलाई निरुसाहित गराउन प्रभावकारी बनाउन सकेनौं। सदस्यलाई सचेत गराउन सकिएन।

सहकारी भनेको के हो त वास्तवमा भन्ने कुरा बुझाउन सकिएन। ६५औं सहकारी दिवस मनाउँदा सम्म पनि हामीले जति सोचेका थियौं त्यो त्यो स्थितिसम्म हामी आइपुगेका छैनौ । तर जति सफलता पाउनु पर्ने हो पाको छैनौ त भनेर निराश हुनुपर्ने स्थिति पनि छैन। तर अझै पनि हामी दायरा फराकिलो बनाएर राज्यसँग मिलेर अगाडि राज्यका कतिपय नयाँ कार्यहरुलाई सपोर्ट गर्दै सहकारीकै रुपमा लिएर जानुपर्छ । सहकारीलाई सहकारिताको रुपमा विकास गर्नुपर्छ आफ्नो जीवनस्तर सँगसँगै समाजलाई पनि हेर्नुपर्छ अगाडि जानी खालको वातावरण सहकारीले बनाउनुपर्छ।

पछिल्लो समय हेर्ने हो भने सहकारीमा केही ठगीका घटनाहरु बढेका छन् । शहरमा हुने सहकारीका विकृति विस्तारै गाउँ तिर सर्दै गयो भन्ने आरोप छ । सहकारीमा समस्या आउनु को दोषी हो ?

यो स्थिति कहाँबाट सुरु भयो भन्दा तीनवटा सरकार भयो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरेर हामी तीनवटा अवधारणामा गयौं। योभन्दा अगाडि डिभिजन सहकारी कार्यालय थिए । सहकारी डिभिजनहरुबाट जिल्ला स्तरीय अनुगमन हुन्थ्यो । जिल्लास्तरीय कामहरु हुन्थे सञ्जालहरुको निर्माण हुन्थे । ती कामहरु अहिले पुरै रोकियो। त्यसपछि स्थानीय तहले सहकारी कति बुझेको छ । भखर कामहरु गर्दै छ क्रियाशीलता जनाउँदै छन्। कतिपय संस्थाहरु प्रदेशमा कार्यालय छ । प्रदेशले १३ वटा जिल्लालाई समेट्न सक्ने स्थिति छैन जनशक्तिको पनि कमि छ।ललितपुरको कुरा गर्ने हो भने हाम्रो राजधानी अपायक छ ।

प्रदेश को हिसाबले उपत्यकाभित्र मात्रै दुई हजारभन्दा बढी सहकारीहरु भए । यति धेरै सहकारी भएको ठाउँमा एउटा कार्यालय हुनु परो भनेर जोडदाररुपमा माग गरेको हो त्यो अन्तर्गत बजेटमा एउटा ललितपुरमै कार्यालय हुनेछ भन्ने एउटा बजेट भाषणमा आएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन त्यसैले यो बीचमा यी कुराहरुलाई प्रयोग गरेर कतिपयले साधारणसभाको कागजात बझाएकै छैनन् ।सञ्चालक समितिहरु अपडेट नै छैनन् । के गर्नुपर्छ भन्ने काम कर्तव्य अनुशासित व्यवहार थाहा छैन सहकारी भनेको बैंकनै हो भन्ने सोचाइले खोलेको छ। कतिपयले कतिपयले कार्यकारी बस्न हुँदैन भनेको छ। कतै कार्यकारी बस्न पाइन्छ भनिएको छ । बाग्मती प्रदेशको कानुनलाई हेर्ने हो भने सञ्चालक सस्थाको कार्यकारी बस्न पाइन्छ भनिएको छ । संघीय ऐन मा बस्न पाइदैन भनिएको छ । तीन तहले आफु अनुकुलता अनुसार कानुन बनाउदा समस्या बल्झेको छ ।

अर्को पक्ष भनेको वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुलाई जुन किसिमको तल्लो तहमा पठाइयो यसले जटिलता निम्त्याएको छ । वित्तीय कारोबार गर्ने सहकारी अध्ययान नै बिना स्थानीय तहमा हस्तान्तरण गर्दा थेग्न सक्ने अवस्था नै रहेन ।

सहकारीका बारेमा सञ्चालकहरूले पनि अब केहि जान्न परो । पदाधिकारी हाबी हुने म्यानेजर हाबी हुने स्वार्थमा मात्र काम गर्ने भएकोले काम भएन सदस्यको कमाइबाट सदस्यको जीवन परिवर्तन भए हुन्थ्यो । त्यो कुरो नारामा मात्र सीमित रह्यो । केही मानिसहरुले अपराध जस्तो काम गरेको भएर सहकारीलाई हेर्ने दृष्टिकोण फरक छ। यो फरक हेर्ने दृष्टिकोणलाई हामीले ढाल्नु पर्छ । यो कामलाई क्रियाशीलता गर्नको निमित्त एउटा दायरामा ल्याउनको निमित्त ललितपुर बचत संघले पहिलो गएको साधारणसभामा तीन वर्षसम्म क्रियाशील नभएका सहकारी संस्थाको हकमा साधारणसभा बाटै हटाइयो सदस्य नै फिर्ता गरियो। स्वच्छ बचत तथा ऋण सहकारी संस्था बनाउने हिसाबले ललितपुर जिल्लाले त्यो कदम चाल्यो।

तपाईले नेतृत्व गरेको संघले के के काम गरेको छ । तपाई आइसकेपछि ?

म आएपछि एउटा काम भनेको संस्थालाई अनुगमन गर्ने परिपाटी विकासको भयो । दोस्रो एकीकरणलाई प्रोत्साहन गर्ने काम गर्यो। अर्को भनेको प्रत्येक महिनामा निःशुल्करुपमा तालिम प्रदान गर्ने कामहरू गर्यो। अर्को भनेको संस्थालाई प्रशिक्षक चाहियो भने ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाले पठाइदिन्छ। अर्को भनेको वित्तीय प्रतिवेदन त्रैमासिक रूपमा सुसूचित गराउँछौं। पालिकाहरु सँग साझेदारीको रुपमा हामीले काम गरेका छौं। कोभिडको बेलामा स्थानीय निकायलाई पनि हामीले सहयोग गरेका छौं। जिल्लामा २३ वटा मर्न लागेका संस्थालाई जीवन्त राख्नको लागि काम गरेका छाैँ । मलाई आत्मग्लानी एउटा कुरा भनेको गुडविल सहकारीकोलाई जोगाउन नसक्नु हो । अवस्थाको बारेमा अन्तिममा थाहा पायौं । त्यसलाई बचाउनको लागि धेरै धेरै प्रयासहरु गर्यौँ अध्यक्ष भाग्यो संस्थालाई बचाउन पाइएन ।

बचत संघको सदस्यको नाताले त्यसमा एकदम चित्त दुखाई छ। बचत संघले मेरो टिम आउँदाखेरि के काम गर्यो भन्दा ३ करोडको ब्यालेन्स सिट बनाउने भन्ने कुरा थियो त्यो अहिले हाम्रो लगभग २ करोड भन्दा माथिको ब्यालेन्स सिट बनिसकेको छ। आफ्नै जग्गा किन्ने भनेको थियो जग्गाको काम पनि बहिना भएर आईसकेको छ । तरलताको समस्या ले पास गर्न भाको छैन। हामीले सेवा सुविधाहरूको रुपमा के पनि लिएका छैनौं । हामी भोलिन्टियर को रुपमा काम गरेका छौं । संस्थाको दिगो को कायम गर्न निमित्त नेफ्स्कून सँग मिलेर काम गर्नको लागि साझेदारी रुपमा मिलेर अगाडि बढिराखेका छौं । तरलताको व्यवस्थापन गर्न के गर्न सकिन्छ भनेर पनि हामी मिलेर छलफल गरिरहेका छौं । कोभिडका समयमा बचत संघले १० करोडको फन्ड बनाएर संस्थाहरुलाई सहयोग गरौ अहिलेका मूल विषय यिनै हुन् राम्रा काम गरे भन्ने लाग्छ ।

अन्त्यमा ?

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाहरूको विकास प्रवर्द्धन स्तरिकरण संस्था दिगो बनाउनको निमित्त सबैजना लाग्नुपर्छ। त्यो संकल्प लिएर अगाडि जाँऊ । कहिले पनि सहकारी संस्था अछुतो अशुद्ध हुनसक्दैन । यसले जति पनि विकृतिहरु ल्याएको छ त्यसलाई सुधार गर्दै जाऊ। ६५ औं सहकारी दिवसले अहिलेको र पोहोरको थिमलाई मर्यादित व्यवसाय र सहकारीमा प्रविधि भन्ने छ । त्यसैले सहकारीलाई मर्यादित सुशासित ढंगले अगाडि बढाउँदै जाने अनलाइनका विषयहरुलाई कसरी अगाडि लिएर जाने मोबाईल बैकिङ्ग सेवा लगाएतका सबै प्रविधि विकासलाई अगाडि बढाउँदै लैजाने जतिपनि सदस्य संस्थाहरूको जिवन परिवर्तन गर्नको लागि कामहरूभएका छन् । अगाडि बढाउँदै सहकारीमा राजनीतिक नभएर स्वस्थ रुपमा स्थापित गर्ने काम यो ६५ औं सहकारी दिवसले प्रेरणाको रुपमा दिइयोस मेरो शुभकामना छ ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार २१:१७