गद्धाफी सरकारले जनतालाई यस्ता सुविधाहरु दिएका थिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गद्धाफी सरकारले जनतालाई यस्ता सुविधाहरु दिएका थिए



gadafiलिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ । गद्धाफीको शासनकाल क्रुरता र बर्बरताले भरिएपछि लिबियाली जनताका लागि गद्धाफीले गरेका कामहरु आजसम्म कुनै पनि शासकले गर्न सकेका छैनन् ।

गद्धाफीसँग जोडिएका केही कुराहरु जसका बारेमा थोरै मानिसहरुलाई मात्र थाहा छ ।

१. देशका हरेक नागरिकलाई सरकारले घर दिएको थियो

प्रत्येक नागरिकलाई घर मानव अधिकारको पहिलो सुचीमा राखिएको थियो । गद्धाफीले कसम खाएका थिए जबसम्म लिबियाका हरेक नागरिकलाई घर हुनेछैन तबसम्म आफ्ना माता पितालाई घर बनाउने छैनन् । यसै कारण पनि गद्धाफी परिवार टेन्टमा बस्ने गर्थे ।

२. बिना व्याज बैंकबाट ऋण दिने व्यवस्था गरिएको थियो ।

लिबियामा गद्धाफी सरकारको आफ्नै स्टेट बैंक रहेको थियो । यस बैक मार्फत आफ्ना नागरिकलाई बिना व्याजमा ऋण दिने गरिन्थ्यो । त्यस्तै तेल बेचेर आएको कुल रकमको एक भाग सोझै नागरिकहरुको खातामा जाने गथ्र्यो ।

३. जनताका लागि बिजुलीको बिल माफी थियो ।

लिबियाका जनतालाई बिजुली प्रयोग गरेबापत पैसा तिर्नुपर्दैन्थ्यो । यो अधिकारलाई गद्धाफी सरकारले प्राथमिकतामा राखेको थियो ।

४ विवाह गरेका नव जोडीलाई ५० हजार डलर दिने गरिन्थ्यो ।

विवाह गरेका प्रत्येक जोडीलाई ५० हजार डलर दिने गरिन्थ्यो । बच्चाहरु जन्मिए पश्चात पालनपोषण खर्चका लागि ३ लाख रुपैया दिने गरिन्थ्यो ।

५. देश तथा देश बाहिर फ्री एजुकेशनको व्यवस्था मिलाइएको थियो ।

गद्धाफी सरकार भइन्जेल लिबियामा फ्रि एजुकेशन दिने नियम रहेको थियो । विदेशमा पढ्न चाहाने विद्यार्थीको खर्च समेत सरकारले नै व्यहोर्ने गथ्र्यो । विदेशमा पढी रहेका विद्यार्थीलाई मासिक डेढ लाख सम्म दिने काम गद्धाफी सरकारले गरेको थियो ।

६. मेडिकल खर्च सबै सरकारले दिने गथ्र्यो

गद्धाफी सरकार भइन्जेल स्वास्थ्य लाभ पनि नागरिकले फ्रिमा उठाउने गरेका थिए । मेडिकलमा हुने सबै खर्च सरकारले उठाउने गरेको थियो । देश बाहिर हुने परीक्षण र उपचार खर्च सरकारले नै व्यहोर्ने काम गरेको थियो ।

 

प्रकाशित : ११ पुष २०७३, सोमबार १२:५७