यि हुन कर नतिर्ने सिनेमा हल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यि हुन कर नतिर्ने सिनेमा हल



kumari-qfx-ganga-hall-696x435काठमाडौं, ८ कात्तिक । सिनेमाघरमा फिल्म हेर्न दर्शकले तिर्ने शुल्कको २।५ प्रतिशत रकम करवापत स्थानीय निकायलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर काठमाडौं उपत्यकामा सञ्चालित सिनेमाघरले भने कानुन अटेर गरेर कर तिरेको छैन ।

पहिले मनोरञ्जन ऐन अनुसार सिनेमाघरले मनोरञ्जन कर तिर्दै आएका थिए । २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन आयो । यही ऐन अनुसार २०५६ सालमा बनेको नियमावलीले मनोरञ्जन कर स्थानीय निकायले उठाउने व्यवस्था गरेको छ। मनोरञ्जन ऐन भने २०६३ सालमा खारेज भयो । २०५६ यता सबै सिनेमाघरले मनोरञ्जन कर नतिरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

काठमाडौं महानगरपालिकामा गंगा, अष्टनारायण, जय नेपाल, कुमारी, विश्वज्योति, गोपिकृष्ण, पुष्पाञ्जली र कलंकी सिनेमा घर आफ्नै भवनमा सञ्चालित छन् । त्यसैगरी व्यापारिक मलमा क्युएफएक्स, विग सिनेमालगायतका हल सन्चालित छन् ।

महानगरपालिकाले उपत्यकामा रहेका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर नतिरेका जनाएको छ ।

प्रकाशित : ८ कार्तिक २०७३, सोमबार ०६:३८