नेपाल लाइफको ६८ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लाइफको ६८ प्रतिशत लाभांश पारित



काठमााडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीरगंजमा सम्पन्न पन्ध्रौं बार्षिक साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु. ८ (कर सहित) का दरले नगद लाभांश पारित गरेको छ । बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब ७३ करोड ४० लाख पुग्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । यसैगरि कम्पनीले सभाबाट अधिकृत पूँजी रु.५ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
nepal life
कम्पनीका अध्यक्ष रमेश गुप्ताले कम्पनीको नयाँ व्यवसायका आधारमा करिब ४१ प्रतिशत बजार हिस्सा ओगटेर अग्रस्थानमा रहेको बताए । उनले नयाँ लगानी नीतिले उत्पादनमूलक तथा राष्ट्रिय प्राथमिकता प्राप्त नयाँ क्षेत्र खुला गरेको बताउँदै नयाँ क्षेत्रहरुमा कम्पनीको लगानी विस्तारको अध्ययन सुरु भइसकेको बताए । उनले  विनासकारी महाभुकम्पबाट जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय बिपत्तिमा सबैले आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आवश्यक रहेको बताए ।  कम्पनीले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ । महाभुकम्पका कारण मृत्यु भएका बीमितहरुको मृत्यूदावी भूक्तानीमा सरलीकृत व्यवस्था लागू गरेको  कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार  हालसम्म ३४ वटा मुत्यु  दावी परेकोमा सबै भुक्तानी भइसकेको छ । उनका अनुसार विमितलाई २ करोड ११ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।  उनले चालु आर्थिक वर्षको चैत मसान्तसम्म  व्यवसाय गत बर्षको सोही अवधिको तुलनामा ९३ दशमलब ७ प्रतिशतले बृद्धि भएको बताए ।  कम्पनीले बैदेशिक रोजगार व्यवसाय सहित कुल प्रथम बीमाशूल्क आम्दानी करिब  २ अर्ब ५४ करोड रुपैयाँ हासिल भएको दावी गरेका छन् ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १४:५७