नयाँ बर्षमा सुजुकीको आर्कषक योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नयाँ बर्षमा सुजुकीको आर्कषक योजना



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउनुहुनेछ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने जनाएको छ ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको बताएको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलवार १७:३८