नेपाल बङ्गलादेश बैंकको ३२ प्रतिशत बोनस शेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बङ्गलादेश बैंकको ३२ प्रतिशत बोनस शेयर पारित



xnepal-bangaladesh-bank-jpg-pagespeed-ic-qwiicst7jlकाठमाडौं, ९ कात्तिक  । नेपाल बंङ्गलादेश बैंक लिले ३२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार सम्पन्न २२ औं बार्षिक साधारणसभाले आफ्ना लगानीकर्तालाई ३२ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले आ. व. २०७२/७३ को संचालक समितिको बार्षिक प्रतिबेदन पारित गर्दै अधिकृत पूँजीलाई १० अर्ब पुर्याउने, आ.व. २०७२/७३ को मुनाफा रकमबाट चुक्त पूँजीको ३२ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय गरेको हो । त्यस्तै बैंकले लगानीकर्तालाई कर तिर्ने प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशतका दरले नगद लाभांश पनि दिने भएको छ ।

साथै, बैंकको उक्त सभाले बोनस शेयर वितरण पश्चात् कायम पूँजीको १० बराबर ८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत प्रस्ताव पारित गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पूँजी बृद्धिको लागि हकप्रद दिन लागेको हो ।

हाल ३ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस शेयर वितरण पश्चात् हकप्रद शेयर जारी गरेपछि शेयरपूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५०० हुने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : ९ कार्तिक २०७३, मंगलवार १६:१३