सहकारीले पनि उद्योग खोल्ने बाटो खुल्यो,यस्ता छन् व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

सहकारीले पनि उद्योग खोल्ने बाटो खुल्यो,यस्ता छन् व्यवस्था



काठमाडाैं । सहकारीले पनि उद्योग खोल्न पाउने भएका छन् । सरकारले औद्योगिक व्यवसाय नियामवली अनुसार सहकारी संस्थाले उद्योग दर्ता गर्न पाउने राजपत्रमा उल्लेख गरेको हो । सरकारले उत्पादन सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय सहकारी संस्थाले उद्योग दर्ता गर्न पाउने छन् ।

तर, बचत तथा ऋण सकारी सम्बन्धी कारोबार गर्ने वित्तिय सहकारी संस्था वा संघले उद्योग दर्ता गर्न पाउने छैन । दर्ता भई सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाले ऐनको दफा १७ को उपदफा (५) बमोजिम उद्योग दर्ता गर्न चाहेमा ऐन तथा यस नियमावली र संस्थाको विनियमको अधीनमा रही उद्योग दर्ता गर्न सक्नेछन् ।

जसमा घरेलु तथा साना उद्योगको हकमा १५ हजार, मझौला उद्योगको हकमा ५० हजार ठूलो उद्योगको हकमा १ लाख ५० हजार रुपैयाँ रकम तिरेर सञ्चालन अवधिको थप गर्न सक्ने व्यवस्था गरेको छ ।

राजपत्रअनुसार उद्योग स्थापना गर्न स्वीकृत लिनुपर्नेछ । साथै, पूँजी वृद्धि क्षमता वृद्धि वा उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्ने जनाएको छ । सरकारले गत सोमबार राजपत्रमा नियमावली सार्वजनिक गर्दै औद्योगिक व्यवसायमा आवश्यक विभिन्न नियमावलीको व्यवस्था गरेको हो ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार १२:२६