सुनचाँदीको मुल्यमा बृद्धि, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि, कति पुग्यो तोलामा ?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मुल्यमा पनि बिहिबार बृद्धि भएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार ११:२८