सांग्रिला डेभलपमेन्टको नाफा ४ करोडभन्दा बढि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रिला डेभलपमेन्टको नाफा ४ करोडभन्दा बढि



shanghrila-logo-696x440-jpg-pagespeed-ce-o-sgvg8j3nकाठमाडौं, १० कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (ले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा खुद मुनाफा ४ करोड ४३ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३८  दशमलव ८६ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड १९ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले जगेडा कोषमा ८२ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ भने कर्जा तर्फ ५६ दशमलव ५७ प्रतिशतले बढेर ९ अर्ब ८० करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६३ दशमलव २० प्रतिशतले बढेर ५१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ९१  दशमलव ९० प्रतिशतले वृद्धि गरी १४ करोड १२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ४ करोड १२ लाख रुपैयाँ राखेको छ ।

बैंकको जोखिम युक्त सम्पति १३ दशमलव २० प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य  दशमलव ३७ प्रतिशतले बढेको छ ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ०४:२३