एनसेल प्रकरणमा अख्तियारले राष्ट्र बैंकलाई पत्र काट्यो,दोषी ठहरिए गर्भनर पदमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेल प्रकरणमा अख्तियारले राष्ट्र बैंकलाई पत्र काट्यो,दोषी ठहरिए गर्भनर पदमुक्त



Dr_Chiranjibi_Nepalकाठमाडौं, ११  कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित एनसेलको विषयलाई लिएर नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ । आयोगले एनसेलको लाभांश विदेश लैजानमा नेपाल राष्ट्र बैंकको मिलेमतो रहेको आशंका गर्दै पत्र काटेको छ । अख्तियारले विहिबार पत्र काट्दै तीनदिन भित्र जवाफ माग गरेको हो ।

एनसेलकोे शेयर खरिदविक्रि हुँदा पुँजीगत लाभकर छलिएको भन्दै लाभांश विदेश लैजान रोकिएको भएपनि लाभांश भदौको अन्त्य तिर गर्भनर नेपालको अनुमतिमा नै ८ अर्ब भन्दा बढी रुपैयाँ बाहिरिएको छ ।

सो विषयमा राष्ट्र बैंकबाट चित्त बुझ्दो जवाफ नआए अर्थात राष्ट्र बैंक दोषी ठहरिएमा गर्भनर नेपाल पदमुक्त हुने समेत बताइएको छ ।

एनसेलको लाभकर विषयमा पटक पटक संसदिय समितिमा समेत विवादित रुपमा उठेको भएपनि संसदलाई वास्ता नगरी एनसेललाई पैसा लैजाने बाटो खुला गरिएको भन्दै संसदको निर्देशन समेत उल्लंघन भएको अख्तियारको ठहर छ ।

प्रकाशित : ११ कार्तिक २०७३, बिहीबार १२:११